२८ चैत्र २०८१, शुक्रबार
सेयर बजार आज पनि ओरालो लागेको छ। अघिल्लो कारोबार दिन मंगलबार १४ अंकले ओरालो लागेको नेप्से परिसूचक आज ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स पनि १.०७ अंकले घटेर ४५६.०४ विन्दुमा अडिएको छ।
यसदिन ३०९ स्क्रिप्सको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३०५ रुपैयाँमा खरिदबिक्री भए ।
नेप्से सामान्य अंकले घटे पनि तीनवटा कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उपकार लघुवित्त वित्तीय संस्था,छ्यांग्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी पोखरा फाइनान्सको सेयर ९.८१ प्रतिशतले बढ्दा समृद्धि फाइनान्सको ९.४६ प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहयो। सो कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। हिमालयन पावर पार्टनरको २७ करोडको सेयर कारोबार हुँदा सिनर्जी पावर डेभलपमेन्टले २२ करोड,ग्रीन डेभलपमेन्ट बैंकले २० करोड र हिमालयन उर्जा विकास कम्पनीले १९ करोड मूल्य बराबरको सेयर कारोबार गरे ।
कारोबारमा आएकामध्ये ११३ स्टक्सको मूल्य बढ्दा १२२ वटाको घट्यो। बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन पाँच समूहको उपसूचक बढ्दा ८ वटा समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ५.६७ प्रतिशतले बढ्यो।