२७ फाल्गुन २०८२, बुधबार
चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।


लामिछाने चितवनका सहारा सहकारी ठगी प्रकरणमा मुछिएका थिए । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हिजो अदालतमा आफैं हाजिर भएका थिए । हिजो नै उनको बयान सकाएर थुनछेक बहस सुरु गरिएको थियो ।
हिजो थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो ।