नेपालले थाइल्यान्डलाई दियो ८२ रनको सामान्य लक्ष्य

होमल्याण्ड खबर

२०८१ माघ २५ गते, शुक्रबार १४:०७ मा प्रकाशित

त्रिकोणीय महिला टी २० आई सिरिजको शुक्रबार अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् भने कविता जोशीले १४ रन बनाइन् । यस्तै राजमती ऐरीले ११ रन बनाउँदा कप्तान इन्दु बर्माले १० रनको योगदान दिइन् ।

जारी प्रतियोगितामा नेपाल पाँच खेलमा पराजित भएको छ । नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्यान्ड भने यो खेल जितेर उपाधि जित्ने लक्ष्यमा छ । थाइल्यान्डले पाँचमध्ये ४ खेल जितेको छ । यस्तै नेदरल्यान्ड्सले ६ मध्ये ४ खेल जितेको छ ।