मेस्सीको दुई गोलमा बार्सिलोना विजयी

होमल्याण्ड खबर

२०७५ मंसिर २३ गते, आईतवार १२:४७ मा प्रकाशित

बीबीसी । कप्तान लियोनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानियोलमाथि ४–० को सहज जित निकालेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति स्पानियोलको घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई तथा लुइस स्वारेज र डेम्बेलले एक एक गोल गरे । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको सेभिल्लासँग ३ अंक दुरी बढाएको छ ।

बार्सिलोनालाई अग्रता दिलाउने क्रममा अर्जेन्टिनी स्टाइकर लियोनल मेस्सीले १७ औं मिनेटमा गोल गरेका थिए । २७ यार्डबाट मेस्सीले गरेको प्रहारले जाली चुम्दा घरेलु टोलीविरुद्ध अग्रता बनाएको बार्सिलोनाले २६ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । मेस्सीको पासमा  डेम्बेलेले गोल गरेका थिए । पहिलो हाफको अन्तिमतिर डेम्बलेको पासमा लुइस स्वारेजले गोल गर्दै बार्साको अग्रता ३–० मा पुयाएका थिए ।

६५ औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । त्यसपछिको बाँकी समय घरेलु टोली खेलमा फर्किन सकेन र बार्सिलोना ४ –० ले बिजयी भयो । बिजयसँगै बार्सिलोना १५ खेलबाट ९ मा जित ४ मा बराबरी २ मा हारसहित ३१ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ ।स्पानियोल २१ अंकसहित नवौं स्थानमा छ ।