चावहिलमा युवकको शव फेला, हत्याको आशंका

होमल्याण्ड खबर

२०८१ माघ २८ गते, सोमबार १६:४० मा प्रकाशित

काठमाडौंको चावहिलमा एक युवकको शव फेला परेको छ । सोमबार (माघ २८) बिहान अन्दाजी २०/२१ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

चावहिलको कुमारीगालस्थित सडकमा शव फेला परेको हो । ती युवक लागुऔषध सेवनकर्ता रहेको अनुमान छ । सनाखत हुन बाँकी छ ।

उनको हत्या गरिएको प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।