लागूऔषध सहित २ जना पक्राउ

होमल्याण्ड खबर

२०८१ माघ ३० गते, बुधबार १२:०९ मा प्रकाशित

कैलालीको धनगढीबाट एक युवक र युवती लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट सोही ठाउँ बस्ने ३६ वर्षीया सुर्जा नाथ र धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाटै कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ बस्ने ३३ वर्षीय भरत नाथ रहेका छन् ।

सुर्जा ३ ग्राम ९१० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र भरतलाई १ ग्राम ३० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।