यस्ता छन् ग्यास आपूर्ति रोक्ने व्यवसायीको तयारी

होमल्याण्ड खबर

२०८१ माघ ३० गते, बुधबार १३:३२ मा प्रकाशित

बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ । नेपाल एलपी ग्यास उत्पादक संघले १९ बुँदे माग राखेर आन्दोलनका कार्याक्रम अगाडि बढाएपछि ग्यास अभाव देखिन थालेको हो ।

उनले भने, ‘अहिले बजारमा खाना पकाउने एलपी ग्यास स्टकमा छैन । जति उद्योगबाट सिलिण्ड भरियो सबै बिक्री भइरहेको छ । अहिले त्यस्तो ठूलो अभाव होइन । फागुन १८ गतेबाट बजारमा ग्यास नै पाइदैन । हामीले विभिन्न माग राखेर ग्यास अपूर्ति नै राक्ने भेनर केही समय अघि भनिसकेका छौं ।’

नेपाल आयाल निगमले ग्यास व्यवसायीले विभिन्न माग राखेर आन्दोलनको कार्यक्रम अगाडि सारकाले केही अभाव जस्तो देखिएको हो । उद्योगी र निगम बीच मागको विषयमा छलफल भइरहेको नेपाल आयाल निगमका सूचना अधिकारी मनोजकुमार ठाकुरले बताए ।

ग्यास व्यवसायीहरुले विभिन्न चरणमा आन्दाेलनकाे घाेषणा गरेका छन् ।

आजदेखि देशभरका ५९ वटै एलपी ग्याँस उद्योगहरुले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर खरिद नगर्ने व्यवसायीले घाेषणा गरेका छन् ।

फागुन ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने उनीहरुले बताएका छन्।

फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरु कुनै पनि भन्सार नाका बाट नछुटाउने उनीहरुकाे तयारी छ ।

१८ गते आइतबारदेखि सबै नेपालका ५९ उद्योगहरु जायज मागहरु सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेका छन् । २०८१ फाल्गुण २२ गतेदेखि देश भरका ग्याँस बिक्रेता डिपोहरुले सम्पूर्ण बन्द गरिने घाेषणा गरेका छन् ।