डिशहोमको ‘समर स्पिड’ अफर सार्वजनिक, नयाँ र रिचार्ज गर्नेलाई तीन महिना बोनस

होमल्याण्ड खबर

२०८१ फाल्गुन १ गते, बिहीबार १६:५८ मा प्रकाशित

डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै ‘समर स्पिड’ अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत एकसय एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप तीन महिना बोनसको सुविधा उपलब्ध छन् ।

यससँगै ग्राहकहरूले डिशहोम इन्टरनेट वार्षिक जडानमा निःशुल्क फाईभ–जी राउटर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

डिशहोम इन्टरनेटको एकसय एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याटसहितको) मूल्य आठ हजार ५०० रुपैयाँ छ ।

यस्तै, २०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याटसहितको) मूल्य ११ हजार ५०० र ३०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याटसहितको) १३ हजार ५०० तोकिएको छ ।

यो अफर नयाँ र पुराना ग्राहकहरूको लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।