तोलामा चार सयले बढ्यो सुनको मूल्य

होमल्याण्ड खबर

२०८१ फाल्गुन २ गते, शुक्रबार ११:२३ मा प्रकाशित

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला रु ४०० ले बढेको हो।

बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ।