शानदार म म पसल आगलागी : मृतकको सङ्ख्या चार पुग्यो

होमल्याण्ड खबर

२०८१ फाल्गुन ४ गते, आईतवार १२:३० मा प्रकाशित

काठमाडौंको कमलपोखरीस्थित शानदार म म पसलमा गत माघ २३ गते ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा घाइते भएका ११ जनामध्ये थप एकजनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको गएराति मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए । लामासँगै उक्त घटनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि उदयपुरको उदयपुरगढी– ७ का २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका– ५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका– ८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो ।