२८ फाल्गुन २०८१, बुधबार
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगेकी छन् ।
क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार विहान काठमाडौं आइपुगेकी हुन् ।
आजदेखि सुरू हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि उनी नेपाल आएकी हुन् ।
खेलमा नेपालसँगै म्यानमार, लेबनान र कीर्गिस्तान पनि सहभागी हुनेछन् ।
साम्बाले सोमबार साँझ हुने कीर्गिस्तानसँगको पहिलो खेल भने गुमाउने छिन् । आज उनी आराम गर्ने बताइएको छ ।