महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् साम्बा

होमल्याण्ड खबर

२०८१ फाल्गुन ५ गते, सोमबार १२:३८ मा प्रकाशित

निर्वाचन प्रणाली सुधारको बहस चलिरहेको बेलामा सत्तारुढ नेपाल कांग्रेसमा नयाँ बहस सुरू भएको छ । संघ र प्रदेशको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बहस सुरू भएको हो ।

स्थानीय तहको निर्वाचनमा तुस आम निर्वाचनमा परेकाले पार्टीलाई ठूलो नोक्सानी भएको निष्कर्षसहित कांग्रेसमा नयाँ बहस सुरू भएको हो ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघ र प्रदेशको निर्वाचन पहिला र स्थानीय तहको निर्वाचन पछि गर्नुपर्छ भन्ने कुरा पार्टीमा प्रवेश भएको बताए ।

उनले भने, ‘स्थानीय तहको संघ र प्रदेशको भन्दा पछि या एकैपटक गर्दा उपयुक्त हुन्छ भन्ने कुरा पार्टीमा उठेको छ । यो कुरा कांग्रेसमा मात्रै होइन । अरु पार्टीमा पनि उठिरहेको विषय हो ।’

उनले अहिले पार्टीमा विषय प्रवेशमात्रै भएको भन्दै कुनै निर्णय नभएको बताए ।

उनले भने, ‘अहिले छलफलमात्रै भएको छ । अहिलेसम्म कुनै निर्णय भएको छैन । भोलिको दिनमा के हुन्छ अहिले भन्न सकिँदैन ।’

यो विषय पार्टी सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बसेको बैठकमा पनि उठेको थियो । त्यसअघि बसेको संसदीय दलको बैठकमा पनि सांसदहरूले संघ र प्रदेशको भन्दा स्थानीय तहको चुनावलाई पछि गर्नुपर्ने सुझाएका थिए ।