आज पनि अन्तरप्रदेश बैठक सिंहदरबारमा बस्दै

होमल्याण्ड खबर

२०७५ मंसिर २४ गते, सोमबार ११:४७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली सहित सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक सिंहदरबारमा सोमबार पनि बस्दैछ।

बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुका साथै गृह, अर्थ, शिक्षा, कानुन लगायत मन्त्रालयका मन्त्रीहरु सहभागी रहेको र संघीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयनमा आएपछि भएका काम कारवाहीको समीक्षा हुने बताइएको छ ।

प्रधानमन्त्री कार्यालय सिहंदरबारमा बस्ने बैठकमा तीन मुख्यमन्त्रीले बोल्ने छन्। सोमबार प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले धारणा राख्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

आइतबारको बैठकमा चार प्रदेशका मुख्यमन्त्रीहरूले धारणा राखेका थिए। पहिलो दिनको बैठकमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा जोड दिन केन्द्र सरकारको विशेष ध्यानाकर्षण गरेका थिए।