नेप्से ११.९१ अंकले बढ्यो

होमल्याण्ड खबर

२०८१ फाल्गुन ६ गते, मंगलवार १५:४६ मा प्रकाशित

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.९१ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशतले बढेर २७३९.८२ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । १० अर्ब ४३ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार १० अर्ब चार करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

८७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य घटेको छ ।

विन नेपाल लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था र इमेर्जिङ नेपालको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ ।