पुस १ गतेदेखि पञ्जीकरण नभएका गाडीहरु गुडाउन नपाइने

होमल्याण्ड खबर

२०७५ मंसिर २४ गते, सोमबार १२:०५ मा प्रकाशित

पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी साधन गुडाउन नपाइने भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार, उधोग तथा कम्पनी रजिष्टार कार्यलयमा दर्ता भई विभागमा पञ्जीकरण नगरेका गाडीहरु गुडाउन नपाइने भएको हो ।

पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिने विभागले बताएको छ ।

उद्योग अथवा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो ।