९ बैशाख २०८२, मंगलवार
सरकारले चलाएको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियानमा १४ लाख ४० हजार बालिकाले खोप लगाएका छन् ।
दुई सातामा १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ७६८ बालिकालाई एचपीभी खोप दिने लक्ष्य रहेकोमा चार जिल्लामा अभियान सञ्चालन हुन सकेको छैन ।
हिमपातका कारण हुम्ला, डोल्पा, मनाङ र मुस्ताङ खोप अभियान सञ्चालन हुन सकेन । ती जिल्लामा फागुन तेस्रो र चौथो साता खोप दिने तयारी गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।