८ बैशाख २०८२, सोमबार
सशस्त्र प्रहरी बल नेपालका तीन वरिष्ठ उपरीक्षक (एसएसपी)हरु नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले बिहीबार रिक्त ३ डीआईजी पदका लागि बढुवा गर्न नाम सिफारिस गरेको हो ।
जसअनुसार पहिलो नम्बरमा कृष्ण ढकाल, दोस्रो नम्बरमा दीपेन्द्र कुँवर र तेस्रो नम्बरमा विष्णुप्रसाद भट्ट सिफारिस भएका छन् ।