प्रकृति लम्साल मृत्यु प्रकरण : उच्चस्तरीय समितिले किट संस्थापकलाई बोलायो

होमल्याण्ड खबर

२०८१ फाल्गुन ९ गते, शुक्रबार १३:३४ मा प्रकाशित

छात्रावासमा नेपाली विद्यार्थीको आत्महत्या र त्यसपछि अन्य नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको मामिलामा ओडिशामा छानविन तीव्र पारिएको छ । ओडिशा सरकारको उच्चस्तरीय समितिले कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) का संस्थापक अच्युत सामन्तलाई शुक्रबार सरकारसामु उपस्थित हुन भनेको छ ।

उच्च शिक्षा विभागले सामन्तलाई लेखेको पत्रमा भनिएको छ, “तपाईंलाई फेब्रुअरी २१ मा साँझ ६:३० बजे स्टेट गेस्ट हाउसमा उच्चस्तरीय समितिसमक्ष उपस्थित हुन अनुरोध गरिएको छ ।” साथै, समितिले प्रमाणको रूपमा पर्याप्त कागजातहरू पेस गर्न सामन्तलाई निर्देशन दिएको छ ।