झापामा एनआईसी एशिया बैंकको नयाँ शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ मंसिर २४ गते, सोमबार १२:२३ मा प्रकाशित

एन आई सी एशिया बैंकले झापा गाउँपालिका २ झापा बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।