सुनचाँदीको मूल्य बढ्यो

होमल्याण्ड खबर

२०८१ फाल्गुन १२ गते, सोमबार ११:०९ मा प्रकाशित

नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

सुन तोलाको १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेको थियो ।

यस्तै, चाँदीको मूल्य सोमबार पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।