सुनको मूल्यमा उच्च रेकर्ड

होमल्याण्ड खबर

२०८१ फाल्गुन १३ गते, मंगलवार ११:१८ मा प्रकाशित

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो।

यसअघि गत कात्तिक १५ र फागुन ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भएको थियो।