९ बैशाख २०८२, मंगलवार
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पनि नेकपा माओवादी केन्द्रको तराईं-मधेश अभियानमा जोडिएका छन् । सुनसरीको बर्जू गाउँपालिका १ को शुक्रबारेबाट उनी अभियानमा जोडिएका हुन् ।
उनलाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानमा स्वागत गरे। माओवादीले शुरू गरेको ‘जनतासँग माओवादी तराईं–मधेश जागरण अभियान’को चौथो दिन सुनसरीमा अभियान गरिँदै छ ।
आज बिहान बर्जू–शुक्रबारे बजारमा बिहान शहीद गेट अवलोकन, उखु किसानसँग छलफल गर्ने कार्यक्रम रहेको नेताहरूले बताएका छन् । बर्जू ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ।
दिउँसो १ बजेसम्म देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको छ ।
माओवादी केन्द्रले यही फागुन १२ गते ‘जनतासँग माओवादी तराईं–मधेश जागरण अभियान’ झापाको कचनकवलबाट शुरू गरेको हो।