९ मंसिर २०८१, आईतवार
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडबिच सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आज ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डे र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरे ।
सम्झौता अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालबाट नगदरहित स्वास्थ्य उपचार सेवा पाउनेछन् ।