९ मंसिर २०८१, आईतवार
काठमाडौं किङस इलाभेनले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा सोमपाल कामीको कप्तानीमा रहेको काठमाडौंले पृथु बास्कोटाको कप्तानीमा रहेको ६ विकेटले हराएको हो ।
चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंको जितमा भारतीय खेलाडी सुब्रमनियन आनन्दले १८ बलमा अविजित ४३ रन जोडे भने अमर सिंह रौटेला २१ रनमा अविजित रहे ।
त्यस्तै काठमाडौंका लागि सागर पुनले ३९ रन जोड्दा नरेश बुढाएरले २२ तथा अमित श्रेष्ठले १८ रन जोडे ।
चितवनका साहब आलमले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा अलआउट हुँदै १६० रन बनाएको थियो ।
चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५, पल स्टर्लिङले ३४, सन्दीप सुनारले २५ तथा पृथु बास्कोटा २० रनमा अविजित रहे।
काठमाडौंका संसद सेख र प्रदीप साहुले ३/३ विकेट लिए ।