एमाले सचिवालय बैठक च्यासलमा सुरु

होमल्याण्ड खबर

२०८१ फाल्गुन १८ गते, आईतवार १६:२३ मा प्रकाशित

 नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा आइतबार दिउँसोदेखि बैठक सुरु भएको हो।

एमाले केन्द्रीय कार्यालय सचिव डा‍ भिष्म अधिकारीले बैठकमा अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताए ।

सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ ।

पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो ।