पत्रकार मोहिनी मिश्रको निधन

होमल्याण्ड खबर

२०८१ फाल्गुन १९ गते, सोमबार १०:५९ मा प्रकाशित

पत्रकार मोहिनी मिश्रको निधन भएको छ। क्यान्सर रोगको उपचार गराइरहेकी पत्रकार मिश्रको ५६ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

ललितपुर महानगरपालिका- १८ निवासी मिश्र विगत दुईवर्षदेखि पेटको क्यान्सरबाट पीडित थिइन्।

राष्ट्रिय समाचार समिति (रासस) मा दुई दशकभन्दा बढी काम गरेकी मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकाश  लिएकी थिइन्।

मिश्रका एक छोरा  छन्। उनको आजै पशुपति आर्यघाटमाअन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।