नेपालकै ठूलो ईभी कार्निभल शुरु: दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने

होमल्याण्ड खबर

२०८१ फाल्गुन १९ गते, सोमबार ११:१७ मा प्रकाशित

काठमाडौंमा नेपालकै ठूलो ईभी कार्निभल मेला शुरु भएको छ ।

नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरुबाट ईभी कार्निभल सुरु गरेको हो । आइतबार देखि शुरु भएको र बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकहरुले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सक्ने छन् ।

एमएडब्लु वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउने छन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउने छन् । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउने छन् ।

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ जसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा घर लान सकिनेछ । साथै, हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्रि नाइट स्टे पाउने छन् भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन १६ प्रो म्याक्स पाउने छन् ।

यो मेलामा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि गर्न सक्ने छन् जुन एउटा सिंगल बटनमा एसयूभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रीको टेस्ट ड्राइभ गर्न सक्ने छन् ।

तसर्थ यो इभेन्ट हरेक ईभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुनेछ ।