श्रीलंकाकाे राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त

होमल्याण्ड खबर

२०८१ फाल्गुन १९ गते, सोमबार १३:१५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गर्नुभएकाे छ । सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएकाे हाे ।

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ।