९ बैशाख २०८२, मंगलवार
सोमबार बिहान करिब साढे ११ बजेतिर शहीद लखन गाउँपालिका वडा नम्बर ३ कन्टारमा गाडी दुर्घटनामा परेको हो।
सडकबाट गाडी खोल्सामा खस्दा एक जनाको मृत्यु भएको र १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
मृतकको पहिचान खुल्न बाँकी छ भने घाइतेहरूको उद्धार गरी तनहुँको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ।