माओवादी केन्द्रले अकस्मात् बोलायो पदाधिकारी बैठक

होमल्याण्ड खबर

२०८१ फाल्गुन १९ गते, सोमबार १४:४० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । आज (सोमबार) पार्टी अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेगरी पदाधिकारी बैठक बोलाइएको हो । बैठकमा हाल जारी रहेको पार्टीको तपाईँ मधेश अभियानको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।

माओवादीले केही समयदेखि तराई–मधेश अभियान सञ्चालन गरिरहेको छ । उक्त अभियानमा अध्यक्ष प्रचण्डसहितका पार्टी पदाधिकारीहरु नै सहभागी छन् ।