८ बैशाख २०८२, सोमबार
अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यस विकासको खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्ट गरेको थियो । मिडिया रिपोर्टका अनुसार युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको ह्वाइटहाउसलाई उदृत गर्दै अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।
यसक्रममा युक्रेनलाई यस अघि दिने भनिएका र युक्रेन पुगिनसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।
गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भएको देखिएको छ ।