च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अष्ट्रेलिया भिड्दै

होमल्याण्ड खबर

२०८१ फाल्गुन २० गते, मंगलवार १०:४९ मा प्रकाशित

आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो साढे २ बजे शुरू हुनेछ ।

यी दुईको अन्तिम भेट २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भएको थियो, जहाँ अस्ट्रेलिया ६ विकेटले विजयी भएको थियो । अर्को सेमिफाइनलमा बुधबार न्युजिल्यान्ड र दक्षिण अफ्रीका भिड्ने छन् । दुई देशबीचको खेल पाकिस्तानको लाहोरमा हुने छ ।

समूह ‘ए’ बाट भारत समूह विजेता र दक्षिण अफ्रिका उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । समूह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । मार्च ९ मा च्याम्पियन्स ट्रफीको फाइनल खेल हुने छ ।