५ बैशाख २०८२, शुक्रबार
आज सुनचाँदीकै मूल्य बढेको छ। विगत तीन दिनसम्म स्थिर रहेको सुनचाँदीकै मूल्य आज बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चारसय र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको हो।
मूल्य बढेर आज सुन प्रतितोला एक लाख ६९ हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य एक लाख ६८ हजार एकसय रुपैयाँ थियो। गएको शुक्रबार, आइतबार र सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय चालिस रुपैयाँ कायम भएको छ।