निर्मला पन्तको धर्ना दिन गएका मानव अधिकारकर्मी नियन्त्रणमा

होमल्याण्ड खबर

२०७५ मंसिर २४ गते, सोमबार १४:१७ मा प्रकाशित

बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले बालुवाटारबाट नियन्त्रणमा लिएको छ ।

७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

निषेधित क्षेत्र तोड्न खोजेसँगै उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरु कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका थिए ।