तेस्रो दिन पनि शेयर बजारमा भारि गिरावट

होमल्याण्ड खबर

२०८१ फाल्गुन २१ गते, बुधबार १५:३७ मा प्रकाशित

शेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला ९ दिन बढेको नेप्से लगातार तेस्रो दिन घट्ने क्रममा बुधवार २५.१६ अंकको गिरावट आयो ।

बुधवार कारोबार भएकामध्ये ६२ कम्पनीको मूल्य बढ्दा १७४ वटाको मूल्य घट्यो । ८ कम्पनीमा कुनै परिवर्तन भएन । समूहगत रूपमा जीवन बिमा, बैंक, विकास बैंक, फाइनान्स, होटल र ननलाइफमा १ प्रतिशतभन्दा बढीको गिरावट आयो ।

ट्रेडिङ इन्डेक्समा भने सामान्य वृद्धि देखियो । यस दिन बजारमा २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन मङ्गलवार ३०.३६ अंकले घटेर परिसूचक २८४६.६२ बिन्दुमा बन्द भएको थियो । कारोबार १ अर्बभन्दा माथिको आएको थियो । दोहोरो अंकले बजार घटे पनि समाज लघुवित्त वित्तीय संस्था र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।