६ जिल्लाका सीडीओ फेरिए, को कहाँ ?

होमल्याण्ड खबर

२०८१ फाल्गुन २२ गते, बिहीबार १२:०८ मा प्रकाशित

गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ ।

गृह मन्त्रालयले गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ६ प्रमुख जिल्ला अधिकारीहरूको परिवर्तन गरेको हो ।

आजको मन्त्री स्तरीय निर्णयबाट बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो ।

बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोद कुमार खड्का, सङ्खुवासभामा दिव्य राज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरेलाई नयाँ प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा तानिएको सरुवा सूचीमा उल्लेख छ ।
खड्का यसअघि सङ्खुवासभाको प्रमुखमा जिल्ला अधिकारी थिए ।