२८ फाल्गुन २०८१, बुधबार
बंगलादेशी विकेटकिपर ब्याटर मुस्फिकर रहिमले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो सन्यासको घोषणा गरेका छन्।
वर्षीय विकेटकिपर ब्याटरले २०२२ मा टी२० फर्म्याटबाट पनि सन्यास लिइसकेका छन्। बंगलादेशले च्याम्पियन्स ट्रफीमा निराशा हात पारेपछि उनले एकदिवसीय करिअरमा पनि सन्यास लिने घोषणा गरेका हुन्।
रहिम एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक रन बनाउनेमा दोस्रो नम्बरका ब्याटर हुन्। उनले २५६ इनिङ्समा ९ शतक र ४९ अर्धशतकसहित ७ हजार ७९५ रन बनाएका छन्। एकदिवसीय क्रिकेटमा सन्यासको घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘म मेरो एकदिवसीय करिअरको सन्यासको घोषणा गर्छु। मैले मेरो देशको लागि खेल्दा शतप्रतिशतभन्दा धेरै दिएर मैदानमा उत्रिए। यो हप्ता मेरो लागि यो निर्णय लिन निकै गाह्रो भयो। तर यो नै गन्तव्य हो। ’
‘अन्ततः म मेरो परिवार, साथीहरू र समर्थकहरूलाई १९ वर्ष लामो समर्थनका लागि धन्यवाद भन्न चाहन्छु।’ उनले टेस्टमा ९४ खेलमा ६ हजार ७ रन बनाएका छन्। उनी बंगलादेशबाट १०० वटा टेस्ट खेल्ने पहिलो खेलाडी बन्ने लयमा छन्।