२७ फाल्गुन २०८१, मंगलवार
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।
आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको ५ रुपैयाँले बढेको छ । शुक्रवार १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।