राजावादीका कारण मुलुकमा राजनीतिक अस्थिरता भयो: सांसद जयन्तीदेवी राई

होमल्याण्ड खबर

२०८१ फाल्गुन २५ गते, आईतवार १४:४३ मा प्रकाशित

कपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादी पक्षहरु कुर्लिरहेका कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले प्रतिगामी तत्वहरु संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्।

उनले मुलुकभर अनावश्यक नाराहरु गुञ्जिरहेको उल्लेख गर्दै सबैले यसको प्रतिवाद गर्दै संविधान कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको बताए।

उनले भने, ‘यतिबेला फेरि प्रतिगामी तत्वहरु कुर्लिंदै छन्। र आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन्। हामीले वर्षौ संघर्ष गरेर ल्याएका उपलब्धीहरु फेरि खोस्न चाहँदै छन्। आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्। आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरु दिनदिनै कमजोर बन्दै गइरहेका छन्। हामीले मसानघाटमा पुर्‍याएको राजतन्त्र कुर्लिरहेको छ, त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ।