राप्रपाले बुझायो काठमाडौं महानगरलाई १ लाख जरिवाना

होमल्याण्ड खबर

२०८१ फाल्गुन २६ गते, सोमबार १४:४५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ ।

पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो ।

सो जरिवाना रकम सोमबार राप्रपाले महानगरलाई बुझाएको हो। संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीसँग भेट गर्दै जरिवाना रकम बुझाएका छन्।