२७ फाल्गुन २०८१, मंगलवार
तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् ।
सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये डा काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।
समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता पश्चात अन्तिम सूचीमा काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।