स्ववियु निर्वाचन : यी हुन् नेविसंघले निर्विरोध सभापति जितेका क्याम्पसहरु (सूचीसहित)

होमल्याण्ड खबर

२०८१ फाल्गुन २८ गते, बुधबार १४:१७ मा प्रकाशित

 चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभर अधिकांश क्याम्पसम मनोनयन दर्ता भएकोमा केही साना र थोरै विद्यार्थी संख्या भएका जिल्लाका स्ववियुमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएका केही जिल्लाका विद्यार्थी संख्याको हिसाबले साना क्याम्पसहरुमा भने संगठनहरुको सहमतिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

हालसम्म नेविसंघले आंगिकतर्फ महेन्द्र वहुमुखी क्याम्पस दाङको सभापति सहित ६ क्याम्पसको स्ववियु सभापति निर्विरोध जितेको छ ।

त्यस्तै अनेराववियुले आंगिकतर्फ धनकुटा वहुमुखी क्याम्पससहित ३२ क्याम्पसको सभापति निर्विरोध पाउँदा अखिल क्रान्तिकारीले २१ क्याम्पसको सभापति निर्विरोध भएको छ ।

यी हुन् नेविसंघले जितेका स्ववियु सभापति –
१. चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक, राजु लामा
२. ईन्द्रेश्वर क्याम्पस काभ्रेपलाञ्चोक, सुदिप कुँवर
३. मंगलजन विजय क्याम्पस काभ्रे, युगवहादुर दमै
४. प्रकाश क्याम्पस काभ्रेपपलाञ्चोक, नविन रिजाल
५. पार्वती क्याम्पस काभ्रेपलाञ्चोक, प्रकाश श्रेष्ठ
६. महेन्द्र वहुमुखी क्याम्पस दाङ, दिपेश कुमार डिसी ७. अपिनाम्पा क्याम्पस, दार्चुला ८ राष्ट्रिय क्यम्पस दत्तु,दार्चुला