वरिष्ठ प्रहरी हवल्दार ओम बिक मृत फेला

होमल्याण्ड खबर

२०८१ चैत्र ३ गते, सोमबार १२:०० मा प्रकाशित

 तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर बिक मृतावस्थामा फेला परेका छन् ।

रूपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय बिक आज बिहान चौकी नजिकै बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

निज लामो समयदेखि मानसिक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।