८ बैशाख २०८२, सोमबार
धनुषामा प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो ।
प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए ।
त्यसपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाई फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए । हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।