बर्खस्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जान्छु : कुलमान घिसिङ

होमल्याण्ड खबर

२०८१ चैत्र ११ गते, मंगलवार ११:०५ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।

सरकारको उक्त निर्णयपछि  कुरा गर्दै कुलमानले यस्तो बताएका हुन् । उनले आफूले समाचार आएपछि यसबारे थाहा पाएको भन्दै सरकारको निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने बताए ।

घिसिङले सरकारले राम्रो काम गर्दा गर्दै अनावश्यक आरोप लगाएर हटाएकाले एक पटक अदालत जाने प्रतिक्रिया दिए । उनले भने,‘मैले पनि समाचारबाट थाहा पाएँ ।

मन्त्रीपरिषद्ले पदबाट हटाएको पत्र आउँछ होला । पत्र बुझेपछि अदालत जान्छु ।’