आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

होमल्याण्ड खबर

२०८१ चैत्र ११ गते, मंगलवार ११:१० मा प्रकाशित

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा थप गिरावट आएको छ । मंगलबार सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार सुन एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन । चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।