प्रतिवेदन सार्वजनिक गर्दै मेयर बालेनले भने– गलत भए मलाई जेल हाल

होमल्याण्ड खबर

२०८१ चैत्र ११ गते, मंगलवार ११:२४ मा प्रकाशित

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

“यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल,” मंगलबार (चैत १२) बिहान उनले फेसबुकमा लेखेका छन् ।

अवैधानिक रूपमा काठमाडौं टावरको नक्सापास गरेको भन्दै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए ।

गुरागाईंमाथि छानबिन गर्न ०८१ पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णय गरिएको थियो । सोहीअनुसार पुस १६ गते कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । १५ दिनभित्र ठोस सुझाव सिफारिस गर्दै प्रतिवेदन बुझाउन समितिलाई हदम्याद तोकिएको थियो ।

तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि गुरागाईंमाथिको छानबिन समितिको औचित्य सकिएको थियो । त्यसपछि पुनः बालेनका सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो ।

छानबिन समितिलाई एक महिनाको समयावधि तोकिएको थियो । तर, समितिलाई तोकिएको कार्यजिम्मेवारी (टीओआर) पूरा गर्न समय अपुग भयो । त्यसपछि एकपटक १० दिनको समय थपियो । त्यो अवधिमा पनि समितिले प्रतिवेदन बुझाउन नसकेर थप समय माग्यो । थप समय दिन बालेन असहमत भए ।

त्यसपछि बालेनले तीन विभागीय प्रमुखलाई आफूअनुकूलको प्रतिवेदन तयार पार्न लगाएका थिए । त्यही प्रतिवेदन मंगलबार सार्वजनिक गरेका हुन् ।

प्रतिवेदन पढ्नोस्–

b1-1742879967.jpg

b2-1742879967.jpg

b3-1742879967.jpg

b4-1742879967.jpg

b5-1742879967.jpg

b6-1742879967.jpg