कुलमानलाई हटाउने निर्णयविरुद्धकाे विराेध प्रदर्शनमा रास्वपा पनि मिसियाे

होमल्याण्ड खबर

२०८१ चैत्र ११ गते, मंगलवार १५:४२ मा प्रकाशित

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाएको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ, केन्द्रीय सदस्य गणेश कार्कीलगायतका युवाहरुले कुलमानको बर्खास्तीको चर्को विरोध गरेका छन् ।

उनीहरुले ‘काम गर्न दे सरकार’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।

उता कुलमानले भने सरकारको निर्णयविरुद्ध अदालत जाने बताइसकेका छन् ।