२६ फाल्गुन २०८२, मंगलवार
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिपक्ष दलका सांसदहरुको अवरोध प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि स्थगित भएको छ ।
दिउँसो ३ बजे पछि दोस्रोपटक सुरु भएको बैठकमा पनि सांसदहरुले अवरोध जारी राखेपछि बिहीबार बिहान ११ बजेसम्मका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी दिएका हुन् ।


बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण आधा घण्टा स्थगन गरिएको थियो । तर, समयमै बस्न सकेन र दिउँसो ३ बजे फेरि बैठक बोलाइयो । बैठक बस्यो पनि तर, सांसदहरुले उठेर प्रधानमन्त्रीको जवाफको माग गरे । यसमा पटकपटक सभामुखले आसनग्रहणका लागि आग्रह गरे पनि अटेर गरेपछि ैबठक स्थगित भएको हो ।