संसदको अवरोध खुलाउन प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

होमल्याण्ड खबर

२०८१ चैत्र १३ गते, बिहीबार १२:१९ मा प्रकाशित

संसदको अवरोध खुल्ला गर्नका लागि सभामुख देबराज घिमिरेले छलफल सुरू गरेका छन् ।

बिधुत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाइ पदच्युत गर्ने सरकारको निर्णय प्रति असहमती जनाउँदै हिजो देखी बन्द गरिएको संसदको अवरोध खुलाउन सभामुखले छलफल गरिरहेका हुन् ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि सभामुखले छलफल गरेका हुन् ।

‘सभामुखले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ, अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना प्राप्त भएको छैन,’ सभामुख घिमिरेका प्रेस विज्ञले भने ।